Logo
२३ बैशाख २०८१, आईतबार
(April 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेस काउन्सिलले ऋषि धमलालाई सोध्यो जहाजभित्र जोरजुलुम गरेकोबारे २४ घण्टे स्पष्टीकरण

प्रधानमन्त्री शेरबहादुर देउवा चढेको विमानभित्र कर्मचारीले रोक्दारोक्दै बलजफती प्रवेश गर्नुको कारण देखाउन पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले स्पष्टीकरण सोधेको छ ।

पेस गर्न काउन्सिलले निषेध गरिएको स्थानमा कर्मचारीले रोक्दारोक्दै बलजफती प्रवेश गर्नुको कारण २४ घण्टाभित्र दिन धमलालाई पत्र पठाएको हो ।

शुक्रबार प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानभित्र धमलाले जोरजुलुम गरेका थिए ।

उनी प्रधानमन्त्रीसँग कुराकानी गर्ने भन्दै जहाजका कर्मचारीलाई पेलेर इकोनोमी क्लासबाट बिजनेस क्लासमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति: Apr 5, 2022

प्रतिक्रिया दिनुहोस्