मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित
मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित भएको छ । चैत १६ गते हुने भनिएको दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका रजिस्ट्रार प्रा डा। नारायणप्रसाद पौडेलले दीक्षान्त समारोह स्थगित भएको जानकारी दिए ।विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असारमा सम्पन्न भएको थियो ।
यसयता विश्वविद्यालयले दीक्षान्त समारोह सञ्चालन गर्न सकेको छैन ।