Logo
३ जेष्ठ २०८१, बिहीबार
(February 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सनरुफ सहित एप्पलको इलेक्ट्रिक कार बजारमा आउँदै, पेटेन्ट तस्विर लिक

आइफोन निर्माता कम्पनी एप्पलको इलेक्ट्रिक कार छिट्टै बजारमा आउने भएको छ । यसका लागि कम्पनीले तीव्र गतिमा काम गरिरहेको छ । एप्पल इंकले आफ्नो इलेक्ट्रिक कारको विकासलाई तीव्रता दिन जोड दिइरहेको छ ।

हालै यो कारको पेटेन्ट तस्विर लिक भएको छ ।अनुमानित रिपोर्ट अनुसार एप्पलले यो परियोजना आफैं सुरु गर्न सक्नेछ । लिक भएको सनरुफ प्याटेन्टको स्केच सन् २०१६ को हो, त्यसपछि सन् २०२० मा केही अपडेट गरिएको थियो ।

कारको नयाँ डिजाइनमा नयाँ केही अपडेट नगरिए तापनि यसमा अत्याधुनिक टेक्नोलोजीको प्रयोग गरिने अनुमान गरिएको छ ।नयाँ डिजाइनको स्केचमा केही विशेषता पनि देखिएको छ । यद्यपि यो प्रविधि अहिलेका कार मोडलहरूमा दिइँदै आएको छ, यसमा सनरुफ वैकल्पिक छ ।

एप्पल कारको सनरुफले लाउन्ज जस्तो अनुभव दिने दाबी गरिएको छ, जसमा कम्पनीले धेरै ध्यान दिएको छ । एप्पल कार क्याबिन प्रशस्तै स्पेसको साथ आउने सम्भावना छ । एप्पल कारले लेभल फोर वा लेभल फाइभ स्वायत्तता प्रदान गर्नेछ, जसमा पूर्ण रूपमा सेल्फ ड्राइभिङ टेक्नोलोजी हुनेछ ।

एप्पलले आफ्नो नयाँ प्रोजेक्ट टाइटनको नेतृत्व गर्न केभिन लिन्चलाई छनोट गरेको छ । केभिन लिन्चले एप्पल वाच सफ्टवेयर विकासको लागि पनि नेतृत्व गरेका थिए ।

लिन्चले एप्पल कारको पहिलो मोडललाई पूर्ण सेल्फ–ड्राइभिङ प्रणाली भएको कार बनाउनमा जोड दिइरहेका छन् । एप्पलले सन् २०२५ मा आफ्नो सेल्फ ड्राइभिङ कार लन्च गर्ने लक्ष्य राखेको छ ।नेपाल अटो

 

 

प्रकाशित मिति: Feb 16, 2022

प्रतिक्रिया दिनुहोस्