Logo
६ जेष्ठ २०८१, आईतबार
(February 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पञ्जाबी अभिनेता दीप सिद्धूको सडक दुर्घटनामा निधन

भारतका पञ्जाबी अभिनेता दीप सिद्धूको मंगलबार राती सडक दुर्घटनामा परी निधन भएको छ । उक्त दुर्घटना दिल्ली नजिकै केएमपिएल नजिकै भएको थियो ।

प्रहरीका अनुसार दुर्घटना मंगलबार राती ८ देखि साढे ८ बीच भएको हो । दीप सिद्धू आफैँ स्कोर्पियो चलाइरहेका थिए ।रिपोर्टका अनुसार उनी दिल्लीबाट बटिन्डातर्फ गइरहेका बेला उनको कार एक ट्रकसँग ठोक्किएको थियो ।

खबरका अनुसार दुर्घटनाका बेला उनीसँग एक महिला साथी पनि कारमा थिइन् ।हाल उनी अस्पतालमा छिन् र उनलाई सामान्य चोट लागेको बताइएको छ ।प्रहरीका अनुसार दीपकी एनआरआई साथीले सोधपुछमा दुर्घटना हुँदा आफू निदाइरहेको बताएकी छिन् ।

दुर्घटना यति भयानक थियो कि दीप सिद्धूको गाडी करिब २० देखि ३० मिटरसम्म घस्रिएको थियो । जसका कारण स्कोर्पियोको अगाडिको भाग चकनाचुर भएको थियो ।

प्रहरीका अनुसार दुर्घटनाका बेला २२ टायरको ट्रक सडकको किनारामा रोकिएको थिएन, यो सडकमा गुडिरहेको थियो । पछाडिबाट तीब्र गतिमा आइरहेको स्कोर्पियो २२ चक्के ट्रकसँग ठोक्किएको थियो ।

प्रहरीका अनुसार दीप सिद्घूसँग भएकी रिना रोयले नै दुर्घटनाबारे जानकारी दिएकी हुन् । हाल ट्रकका ड्राइभर फरार छन् ।प्रहरीका अनुसार दिपकी एनआरआई साथी १३ जनवरीमा अमेरिकाबाट भारत आएकी थिइन् ।

यी दुई गुरुग्राममा ओबेरोय होटलमा बसेका थिए । राती करिब साढे सात बजे उनीहरु होटलबाट निस्किएका थिए ।दिल्ली प्रहरीले अघिल्लो वर्ष २६ जनवरीमा किसानको ट्र्याक्टर र्यालीका बेला दिल्लीमा भएको हिंसामा दीप सिद्धूलाई पक्राउ गरेको थियो । यसका लागि उनीमाथि इनामसमेत घोषणा गरिएको थियो ।

उक्त मामिलामा अभियुक्त बनाइएका सिद्धूमाथि दिल्ली प्रहरीले एक लाख भारु इनामको घोषणा गरेको थियो ।

 

 

प्रकाशित मिति: Feb 16, 2022

प्रतिक्रिया दिनुहोस्