Logo
१८ बैशाख २०८१, मंगलबार
(October 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको आवेदन, कोटा अनुसार मात्र आवेदन लिइने

यातायात व्यवस्था विभागले नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोलेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली ६ महिनापछि सोमबमार रातिबाट खुलेको विभागले जनाएको छ ।

प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार सोमबार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने छ । यद्यपि आवेदन भने कोटा तोकेर मात्र लिइने छ ।

प्रवक्ता भुसालका अनुसार अब दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रूपमै आवेदन लिन थालिएको छ । नेपालभरका विभिन्न यातायात कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाएका छन् ।

अब आवेदन स्वीकृत भइसके पछि केही दिनमै परीक्षा लिइने र पहिले जस्तो पछिको मिति नतोकिने विभागले जनाएको छ । विगतमा आवेदन दिएका समेत धेरैको परीक्षा लिन बाँकी भएकाले ती आवेदकहरुलाई प्राथमिकता दिने विभागको नीति भएको बताइएको छ ।

विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्छ ।

प्रकाशित मिति: Oct 26, 2021

प्रतिक्रिया दिनुहोस्