Logo
२० बैशाख २०८१, बिहीबार
(October 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल क्रिकेट संघद्वारा मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान

राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि नेपाल क्रिकेट संघले दरखास्त आह्वान गरेको छ ।

आज क्यानले मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदको लागि इछ्याएको कारण खुलाउँदै अक्टोबर ३१ सम्म दरखास्त दिन सक्ने छन् ।

मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ । ६७ वर्षीय ह्वाटमोर खुल्ला प्रतिस्पर्धाबाट नै मुख्य प्रशिक्षक नियुक्त भएका थिए । तर, उनले ८ महिना नबित्दै राजीनामा दिएका थिए ।

ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि ह्वाटमोरले नेपाली टिम छाडेका हुन् ।

 

प्रकाशित मिति: Oct 18, 2021

प्रतिक्रिया दिनुहोस्