Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल नेदरल्यान्ड्सविरूद्ध बलिङ गर्दै, टिममा दुई परिवर्तन

नेदरल्यान्ड्सविरूद्धको टी-२० खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले आफ्नो दोस्रो खेलमा पनि पहिले बलिङ गर्न लागेको हो।

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत मंगलबार भएको पहिलो खेलमा नेपालले नामिबियाविरूद्ध टस हारेर पहिले बलिङ गरेको थियो।

खेलमा नेपालको टिममा दुई परिवर्तन गरिएको छ। तीव्र गतिका बलर प्रतिश जिसी र स्पिनर ललित राजवंशी खेलका लागि टिममा छन्।

विवेककुमार यादव र अभिनास बोहरा बेन्चमा छन्। विवेक र अभिनाससहित अनिल साह र आरिफ शेख पनि बेन्चमा छन्।

प्रकाशित मिति: Feb 28, 2024

प्रतिक्रिया दिनुहोस्