Logo
१५ बैशाख २०८१, शनिबार
(February 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिकोणात्मक टी-२० आई सिरिज : नेपालले टस जितेर पहिला बलिङ गर्दै

नेपालले त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले दुई परिवर्तन गरेको छ । ललित राजवंशी र प्रजिश जिसी आज नेपालको प्लेइङ ११ मा छन् । अभिनाश बोहरा र विवेक यादव बेन्चमा छन् ।

पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ ।

पहिलो खेलमा नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ रोज्दै ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो ।

नेपालको प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, प्रतिश जिसी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।

प्रकाशित मिति: Feb 28, 2024

प्रतिक्रिया दिनुहोस्