Logo
१८ बैशाख २०८१, मंगलबार
(October 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनमा सँगै बस्न दिक्क लागेर महिलाले पतिलाई बिक्रिमा राखेपछि…!

कोरोना भाइरसले पछिल्लो समयमा विश्वभर आतंक मच्चाइरहेको छ । भाइरस नियन्त्रण गर्न धेरै राष्ट्रहरुले लकडाउन गरेका थिए ।तर पनि नियन्त्रणमा आउन सकेको छैन यद्पी संक्रमणमा केही कमी आएको छ ।

लामो समय लकडाउन हुँदा केही आश्चर्यलाग्दा घटनाहरु पनि भएका छन् । कोरोनाले गर्दा विश्व अर्थतन्त्रलाई नै तहसनहस बनाएको छ । कोरोनाका कारण थुपै मानिसको रोजगारी गुमेको छ ।

त्यसकारण मानिस बेरोजगारी भएर बस्नुपर्ने बाध्यता आइरहेको छ ।त्यस्तै पछिल्लो समयमा चीनमा सम्बन्ध विच्छेद गर्नेको संख्या अत्याधिक बृद्धि भएको छ ।

लकडाउनमा पति र पत्नी एकैसाथ धेरै लामो समय बिताउन गाह्रो परेको हो । यसको सिधा असर विबाहीत जोडीको वैवाहिक सम्बन्धमा परेको हो ।

धेरै पहिलेदेखि सँगै बस्दै आएका जोडीहरु नै अफ्ठेरोमा परेको देखिन्छ । भनिन्छ, २४ घन्टा कसैसँगसँगै बस्दा त्यसैपनि झगडा हुन्छ ।

एक महिलाले आफ्नो पतिसँग रिसाएर घर बाहिर पति बिक्रिमा भएको बोर्ड राखेकी छिन् । पुर्तगालको लिस्बन शहरमा एक जोडीबीच सधै झगडा हुनेगर्थ्यो । झगडा हुँदै जाँदा महिलाले आफ्नो घर बाहिर बोर्डमार्फत पति बिक्रि (सेल)मा राखेकी हुन् ।एजेन्सी

प्रकाशित मिति: Oct 8, 2021

प्रतिक्रिया दिनुहोस्