Logo
१७ बैशाख २०८१, सोमबार
(September 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या, घटनास्थलमा पुग्यो प्रहरी

प्रदेश नं १ स्थित संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।

संखुवासभाको मादी नगरपालिका-१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिएका छन् ।

‘६ जनाको हत्या भएको बिहान गाउँलेले देखे । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ,’ नगरप्रमुख लिंथेपले भने, ‘म पनि घटनास्थलमा जाँदै छु ।’

प्रहरी केहीबेरअघि घटनास्थल पुगेको र घटना भएको स्थानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ ।

अज्ञात समूहबाट शेरबहादुर कार्कीसहित उनकी आमा, श्रीमती, बुहारी र बच्चा दुई जना गरी छ जनाको हत्या भएको छ । घरेलु हतियार प्रहार गरेर सबैको हत्या भएको शवको प्रकृति हेर्दा पाइएको प्रहरीले बताएका छन् ।

घटना गएराति नै भएको आशंका गरिएको छ भने स्थानीयले बिहान थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।अहिले विभत्स हत्या भएको घटनाको प्रहरीले अनुसन्धान थालेको छ । थप विवरण आउन बाँकी रहेको छ ।

 

प्रकाशित मिति: Sep 6, 2021

प्रतिक्रिया दिनुहोस्