Logo
२६ बैशाख २०८१, बुधबार
(September 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोमबारदेखि त्रिविको दीक्षान्त समारोहका लागि अनलाइन आवेदन भर्न सकिने

त्रिभुवन विश्वविद्यालयले आगामी दीक्षान्त समारोहका लागि अनलाइन मार्फत् आवेदन फारम संकलन सुरु गर्दै छ ।

सोमबारदेखि अनलाइन आवेदन भर्न सकिने छ । २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तमसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको हो ।

यो अवधिमा ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुको संख्या करिब ३० हजार रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

अनलाइन फारम भरेकाहरुका लागि आगामी पुसभित्रै दीक्षान्त समारोह आयोजना गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी छ ।

प्रकाशित मिति: Sep 5, 2021

प्रतिक्रिया दिनुहोस्