Logo
५ जेष्ठ २०८१, शनिबार
(August 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कंगना अभिनित ‘थलाइवी’ १० सेप्टेम्बरमा रिलिज हुने

बलिउड अधिनेत्री कंगना रनौत अभिनित फिल्म ‘थलाइवी’ १० सेप्टेम्बरमा रिलिज हुने भएको छ ।

कोरोना भाइरस महामारीका कारण यसअघि पटक–पटक यो फिल्मको रिलिज मिति सरेको थियो । कंगनाले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै समाजिक सञ्जालमा लेखेकी छिन्, ‘एक प्रतिष्ठित व्यक्तीको कथा ठूलो स्क्रिनमै देखाउनु उचित हुन्छ । अब थलाइवी रिलिज हुनका लागि पूर्ण तयार छ । १० सेप्टेम्बरमा सिनेमा घरहरुमा रिलिज हुनेछ ।’

यो तमिलनाडुकी पूर्व मुख्यमन्त्री जे जयाललिताको बायोपिक हो । जयाललिता पूर्व अभिनेत्री पनि हुन् । कंगनाले फिल्ममा उनको भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा अरविन्द स्वामी, नसर, भाग्यश्री, राज अर्जुन र मधु बाला पनि मुख्य भूमिकामा छन् ।

यसैगरी अर्जुन कपूर र नसिरुद्दिन शाह अभिनित फिल्म कुत्तेको पोस्टर सार्वजनिक भएको छ । फिल्ममा तब्बु, कोन्कणा सेन शर्मा र राधिका मदान पनि छन् । फिल्म अहिले प्रि–प्रडक्सनको चरणमा छ । २०२१ को अन्त्यमा यस फिल्मको सुटिङ सुरु हुने बताइएको छ ।एजेन्सी

 

 

प्रकाशित मिति: Aug 24, 2021

प्रतिक्रिया दिनुहोस्