भेस्पा र अप्रिलिया स्कुटर किन्दा मनसुन अफर, ५ हजार नगद र अन्य छुट !
भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्स प्रालिले मनसुन अफर सुरु गरेको छ ।
यस अन्तर्गत यी दुई ब्रान्डका कुनै पनि स्कुटर किन्दा ५ हजार नगद छुट, २ आर्थिक वर्षको सवारी कर छुटका साथै रेनकोट, स्कुटर छोप्ने कभर र अफिसियल हेल्मेंट समेत पाइने छ ।
साथै ग्राहकको सुबिधालाई मध्यनजर गर्दै शून्य प्रतिशत ब्याजदरमा पनि ग्राहकले स्कुटर खरिद गर्न सक्ने छन् जसमा ग्राहकले कुनै पनि ब्याज तिर्नुपर्ने छैन ।
नेपाली बजारमा प्रिमियम लुक र फरक पहिचानको रुपमा भेस्पा र अप्रिलिया स्कुटर उपलब्ध छन् । भेस्पाका विभिन्न स्कुटर ९ मोडलमा उपलब्ध छन् भने अप्रिलियाका ५ मोडल एसएक्सआर १६०, एसआर १५० रेस, एसआर १५०, एसआर १२५ र अप्रिलिया स्ट्रोम १२५ छन् ।नेपाल अटो