Logo
२५ बैशाख २०८१, मंगलबार
(May 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि सासंदहरुलाई कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै

सासंदहरुलाई कोभिसिल्ड खोपको दोस्रो मात्रा आज लगाइँदै छ । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष संसदीय ससंद सचिवालयका कर्मचारीलगायतलाई आज(शुक्रवार)देखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै छ।

सङ्घीय संसद् सचिवालयले सूचना जारी गरी पहिलो चरणको कोभिसिल्ड खोप लगाई आठ हप्ता पुगिसकेकाले आजदेखि जेठ २ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने बताइएको छ।

खोप लगाउन जाँदा कोभिसिल्ड खोप लगाएको खोप कार्ड अनिवार्य रूपमा साथमा लैजान सचिवालयले आग्रह गरेको छ।अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभामुख, अध्यक्ष, उपाध्यक्षलगायत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सबै सदस्यलाई खोप लगाइनेछ।

सरकारले जेठ २ गतेदेखि काठमाडौँ उपत्यका सहित देशका ७ जिल्लामा लगाइएको भेरोसेलको दोस्रो मात्रा पनि लगाउन कार्य तालिका सार्वजनिक गरिसकेको छ। खोपको पहिलो मात्रा लगाइएको ४ हप्तापछि भेरोसेलको दोस्रो मात्रा लगाइँदै छ।

प्रकाशित मिति: May 14, 2021

प्रतिक्रिया दिनुहोस्