Logo
१८ बैशाख २०८१, मंगलबार
(May 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मकै खादाँ हुन्छन् यस्ता फाइदा जान्नुहोस् !

मकै भन्ने बितिकै हामी सबैजसोलाई थाहा भएको बाली हो । यो संसारमा सबै भन्दा धेरै ठाँमा पाइने गर्छ । मकै खाद्यान्न बाली मध्ये मकै एक हो

मकै संसारमा सबै भन्दा धेरै क्षेत्रफलमा लगाइने तथा सबै भन्दा धेरै खपत हुने बालीमा पर्दछ । यस बालीबाट विभिन्न परिकार, तेल, इन्धन, चिनी, रक्सी आदि बनाउने गरिन्छ ।

धेरै मानिसहरूले उसिनिएका मकै वा पोलिएका मकै खान मन पराउँछन् । मकै स्वास्थ्यका लागि पनि फाइदाजनक हुने गर्छ । आज हामी तपाइलाई मकैको फाइदा बारे जानकारी दिन गइरहेका छौं ।

मकै खादाँ हुने फाइदाहरु

छालालाई चम्किलो बनाउँछ :

तपाईलाई आफ्नो चाला चम्किलो बनाउनु छ भने पनि मकैको सेवन गर्नुहोस् िजसको सेवन गर्दा छाला सुन्दर, मुलायम र चम्किलो हुन्छ । मकैमा भिटामिन ए र सी राम्रो मात्रामा पाइन्छ । जसले अनुहारमा चाउरीपना आउन दिदैंन ।

क्यान्सरबाट जोगाउँछ :
यदि तपाईँ क्यान्सर जस्तो खतरनाक बिरामीबाट बच्न चाहनुहुन्छ भने पनि मकैको सेवन गर्ने बानी बसाल्नुहोस् यसमा एन्टी अक्सिडेन्ट र फ्लेवेनाइड तत्त्व पाइन्छ जसले क्यान्सर रोगको खतरा कम गराउनका साथै यसले फ्रि रेडिकल्सबाट हुने नोक्सानीबाट बचाउँछ । मकैमा पाइने फेरुलिक एसिड, स्तन र कलेजोको ट्युमरको आकारलाई पनि कम गर्नमा सहयोग गर्दछ ।

अल्छीपना हटाउँदछ :
यदि तपाई अल्छी हुनुहुन्छ भने मकैको सेवन गर्ने बानी बसाल्नुहोस् ियसमा कार्बोहाइड्रेट हुन्छ जसले शरीरलाई ऊर्जावान् राख्छ । यो खाँदा पेट चाँडै नै भरिन्छ र तपाईँलाई धेरैबेरसम्म ऊर्जावान् राख्दछ ।

आँखाको लागि फाइदाजनक :
मकैमा बिटा-क्यारोटिन, भिटामिन ए हुन्छ जुन आँखाको लागि निकै फाइदाजनक छ । यसले आँखाको समस्यालाई कम गरेर, ज्योति बढाउनका साथै बढ्दो उमेरसँगै हुने रतन्धोलगायतका सम्भावनालाई पनि कम गर्दछ ।

छालालाई चम्किलो बनाउँछ :
तपाईलाई आफ्नो चाला चम्किलो बनाउनु छ भने पनि मकैको सेवन गर्नुहोस्  जसको सेवन गर्दा छाला सुन्दर, मुलायम र चम्किलो हुन्छ । मकैमा भिटामिन ए र सी राम्रो मात्रामा पाइन्छ । जसले अनुहारमा चाउरीपना आउन दिदैंन

कोलेस्ट्रोल :

मकैमा भिटामिन सी, केरोटेनाइड र फाइबर हुन्छ र यसले शरीरमा कोलेस्ट्रोल कम गरेर रक्तकोशिकालाई सफा बनाउँछ । अनि मुटुले राम्ररी काम गर्न पाउँछ ।

रक्ताल्पताः

शरीरमा रगतको कमी हटाउनका लागि मकै लाभदायक हुन्छ किनकि यसमा भरपूर आइरन हुन्छ । एजेन्सी

 

प्रकाशित मिति: May 2, 2021

प्रतिक्रिया दिनुहोस्