Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिसा नआउँदा बेलायत जानबाट रोकिए नेपाली फुटबल टोली

अभ्यास खेलका लागि इङल्याण्ड जान लागेका नेपाली फुटबल टिमका सदस्य समयमा भिसा नआउँदा नेपालमै रोकिएका छन् ।

नेपाली खेलाडीहरु मंगलबार बिहान साढे ९ बजे, दिउँसो १ बजे र साँझ ७ बजे फरक फर्क फ्लाइटमा बेलायत जाने तयारीमा थिए । तर भिसा नआएका कारण खेलाडी, प्रशिक्षक र अफिसियलहरु यही रोकिएका अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

नेपाली खेलाडीसहित ३५ जनाको टोलीको भिसा भारतस्थित बेलायती दूतावासले जारी गर्ने गर्छ । भारतबाट उनीहरुको भिसा आउन ढिलाइ भएका कारण पूर्वनिर्धारित फ्लाइटमा जान नपाएका हुन् ।

अब मंगलबार नै राति २ बजे खेलाडीहरुलाई बेलायत पठाउने गरी तयारी गरिरहेको प्रवक्ता शाहले बताए । नेपालले इंगल्याण्डको सी टिमसँग अभ्यास खेल खेल्न त्यसतर्फ जान लागेको हो ।

इंगल्याण्ड जाने नेपाली खेलाडीसहितको टोलीमा को को छन् ?

गोलकिपर : किरणकुमार लिम्बु, अभिषेक बराल, विशाल सुनार

डिफेन्डर : छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्द

मिडफिल्डर : फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनीष डाँगी, लकेन लिम्बु

फरवार्ड : दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट

हेड अफ डेलिगेट्स : मनिषराज जोशी

म्यानेजर : उत्तमराज भण्डारी

अफिसियल : पुरुषोत्तम थापा

मुख्य प्रशिक्षक : भिनसेन्जो अल्बर्टो एनेस

सहायक प्रशिक्षक : प्रवेश कटुवाल

गोलकिपिङ प्रशिक्षक : विनोद डंगोल

फिजियो : लोकेन्द्र कुँवर

प्रकाशित मिति: Apr 30, 2024

प्रतिक्रिया दिनुहोस्