Logo
२५ बैशाख २०८१, मंगलबार
(April 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना जोखिम बढेपछि कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय

कोरोना महामारीको जोखिम बढेको भन्दै कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना जोखिम जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले १० दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

डीसीसीएमसीका संयोजक प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भारतसँगको खुला सीमाका कारण कोरोना संक्रमणको जोखिम बढेको भन्दै विद्यालय बन्द गर्न अनुरोध गरेको बताए ।

सीमा नाकाहरुमा मानिसहरुको आवतजावत बढी भएकोले जिल्लामा कोभिड-१९ को उच्च जोखिम बढेको प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: Apr 18, 2021

प्रतिक्रिया दिनुहोस्