Logo
१८ बैशाख २०८१, मंगलबार
(April 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी कन्द्रले गर्यो प्रदेश २ का चार सांसद बर्खास्त

प्रदेश २ का चार सांसदलाई नेकपा माओवादी केन्द्रले कारवाही गरेको छ । माओवादी केन्द्र छोडेर एमालेमा लागेका भन्दै माओवादी केन्द्रले चार जना सांसदलाई बर्खास्त गरेको हो ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई बर्खास्त गरेको हो ।

मण्डल यस अघि माओवादीका संसदीय दलका नेता थिए । चारजना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई बुझाएको छ ।

उनीहरूलाई केही दिन अघि स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण नदिएपछि बर्खास्त गरेको पार्टी स्रोतले जानकारी दिएको छ ।

प्रदेश २ मा माओवादीका ११ जना सांसद रहेकोमा ४ जना बर्खास्तीमा परेपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् ।

प्रकाशित मिति: Apr 12, 2021

प्रतिक्रिया दिनुहोस्