नेपालमै रासायनिक मल कारखाना खोल्ने सरकारको निर्णय
सरकारले नेपालमा पहिलो पटक रासायनिक मल कारखाना खोल्ने निर्णय गरेको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा पहिलो पटक रासायनिक मल कारखाना खोल्ने निर्णय गरेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (बिहीबार) मात्र पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा कार्यक्रमलाई सम्बोधनका क्रममा ‘अब नेपालमा मल कारखाना पनि खोल्ने’ बताएका थिए ।
केही दिन अघि मात्रै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कारखाना खोल्ने निर्माणार्थ मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको थियो ।