Logo
१० जेष्ठ २०८१, बिहीबार
(April 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद डा शर्माले गरे बाल अस्पताललाई २० लाख रुपैयाँ सहयोग

प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख रुपैयाँ सहयोग गरेका छन् ।

शर्माले बिहीबार हेपाली हाइटमा रहेको डा भगवान कोइरालाको निर्माणाधीन अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सहयोग गरेका हुन् । रकम हस्तान्तरण गर्दै डा शर्माले राज्यले गर्नुपर्ने काम डा कोइरालाले आफैं गर्न लागेकाले सम्मानस्वरुप आफूले पनि सहयोग उपलब्ध गराएको बताए ।

डा कोइराला अध्यक्ष रहेको (कियोच) ले काठमाडौंसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ । गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको कियोचको दमकमा भने निर्माण सम्पन्न भई अस्पतालले सेवा सुरु गरिसकेको छ ।

कियोचले राजधानी काठमाडौँमा एक सय शय्याको अस्पताल निर्माण गर्नेछ । त्यसपछि ७ वटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गर्ने डा कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति: Apr 18, 2024

प्रतिक्रिया दिनुहोस्