Logo
१८ बैशाख २०८१, मंगलबार
(March 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवलाई मेरो पार्टीमा स्वागत गर्न आतुर छु : प्रचण्ड

नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ आफूले कोरेको गोरेटोमा आएको बताएका छन् ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन कार्यक्रममा अध्यक्ष दाहालले आफू विप्लवलाई छिटै आफ्नै पार्टीमा स्वागत गर्न आतुर रहेको बताए ।

‘विप्लवजी मैले कोरेकै बाटोमा आउनु भएको छ । छिटै यस्तै समायोजन र स्वागत कार्यक्रम गरेर यही पार्टीमा भित्र्याउने पतिक्षा गरेर बसिरहेको छु,’ दाहालले भने, ‘उहाँ मैले नेतृत्व गरेको पार्टीबाट अलग्गिदाको दिनै भनेको थिए । विस्तारै यही बाटोमा आउनुहुन्छ । एउटा कलखण्डमा एउटा मात्रै प्रचण्ड हुन्छ । अन्तत उहाँ प्रचण्डकै बाटोमा आउनु भएको छ । हामी रहेको पार्टी नै आधिकारिक वैज्ञानिक र शक्तिशाली पार्टी हो ।’

दाहालले आफू र माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको आफूहरूसँग भएको सांसदहरूको संख्या र केन्द्रीय सदस्यहरूको संख्याले पुष्टि गरिसकेको बताए । ‘आधिकारिक नेकपा हामी हौं भन्ने केन्द्रीय समिति, संसदको संख्याले पुष्टि गर्छ । हामी नै मुलघार हौं भन्ने सावित गर्छ,’ दाहालले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट राजनीतिमा कुहिएको अण्डा भएको दाहालले बताए । ‘विश्‍वभरका कम्युनिष्ट राम्रा हुन्छन् । तर, उनीहरू विग्रिए भने कुहिएको अण्डा जस्तै हुन्छन् । केपी ओली त्यस्तै कुहिएको अण्डा हुन्,’ दाहालले भने, ‘मानिसले कुहिएको अण्डा खाँदैन । फोहोरको डस्बिनमा फाल्छ । गन्हाउँछ भनेर जमिनमा पुरिदिन्छ । वा जलाउँछ ।’

नेकपामा विमल अधिकारीलगायतका पार्टीमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति: Mar 6, 2021

प्रतिक्रिया दिनुहोस्