Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री काजल अग्रवालले विवाहपछि गरिन् आफ्नो रोगबारे खुलासा

अभिनेत्री काजल अलग्रवा बलिउड साथै दक्षिण भारतीय सिनेमाकी एक चर्चीत अभिनेत्री हुन् । उनले दुवै सिनेमामा राम्रोसँग दर्शकको माया पाइरहेकी छन् । साथै उनि अभिनयसँगै सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहेकी छन् ।

काजल आफ्ना प्रशंसकसँग सोसल मिडियामार्फत् जोडिने गर्छिन् । हालै काजल अग्रवालले इन्स्टाग्राममा आफ्नो नयाँ तस्बिर साझा गरेकी छिन् जसमा उनले आफ्नो रोगबारे खुलासा गरेकी छिन् ।

काजलले इन्स्टाग्राममा आफ्नो तस्बिर साझा गर्दै आफूलाई दम भएको जानकारी दिएकी छिन् साथै उनले इन्हेलरको महत्वमाथि पनि जोड दिए । काजलको पोस्ट पढेर प्रशंसक उनीसँग निकै प्रभावित भएको पनि देखिएका छन् । सिंघमकी नायिकाले पोस्टमार्फत् आफूले दमको समस्याका बेला राहतका लागि इन्हेलरको प्रयोग गर्ने र यसमा लजाउनुपर्ने कुनै कुरा नभएको बताएकी छिन् ।

काजल अग्रवालले तस्बिर साझा गर्दै लेखिन्, ‘जब मलाई पाँच वर्षको उमेरमा आफूलाई ब्रोन्कियल अस्थमाबारे थाहा भयो तब मलाई राम्रोसँग याद छ कि त्यतिबेला मलाई मनपर्ने खानबाट बन्देज लगाइएको थियो । के तपाईं सोच्न सक्नुहुन्छ कि एक बच्चाका लागि दुधबाट बनेको सामान र चकलेटबाट टाढा बस्न कति मुश्किल रह्यो होला । यो मेरा लागि निकै मुश्किल थियो र यो पनि होइन कि जब म हुर्किदैँ गएँ तब मेरा लागि सबैकुरा सहज हुनथाल्यो ।’

काजलले थपिन्, ‘यात्रा गर्दा मलाई धुँवा धुलोजस्ता चिजले अत्यधिक तनावमा पार्ने गर्दथ्यो । मेरो दमको रोग बढ्न थालेको थियो । धुँवा धुलोमा हुँदा मलाई सास फेर्न गाह्रो हुन्थ्यो । त्यसपछि मैले यो समस्याबाट बच्नको लागि इनहेलर राख्न सुरु गरेँ । जतिबेला मलाई सास फेर्न समस्या हुन्छ, तब म यसको प्रयोग गर्छु ।’

इनहेलरको महत्व बुझाउँदै उनले थपिन्, ‘म आफैंले परिवर्तन भएको महसुस गरेकी छु । इन्हेलरको प्रयोगले मैले असाध्यै आराम महसुस गरेँ । तपाईंले यसको प्रयोग गर्न लजाउनु पर्दैन । जो मानिसहरु यो समस्यासँग जुधिरहेका छन्, उनीहरुलाई यसबारे जागरुक गराउनुपर्छ । म आफ्ना साथीहरु, प्रशंसक र परिवारलाई इन्हेलरबारे मानिसहरुलाई जानकारी गराउन अपिल गर्छु । प्रशंसकलाई काजलको यो पोस्ट असाध्यै मनपर्यो र यसरी खुलेर कुरा गरेकोमा प्रशंसकले उनको तारिफ पनि गरिरहेका छन् ।

प्रकाशित मिति: Feb 10, 2021

प्रतिक्रिया दिनुहोस्