Logo
२५ बैशाख २०८१, मंगलबार
(January 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपाल भन्छन् : ‘ओलीको चुनाव चिन्ह अस्ताउदो सूर्य हो’

नेकपा दाहाल नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीलाई चुनाव गर्न नभइ संकटकाल लगाएर भएपनि प्रधानमन्त्री भइरहन खोजेको मात्रै हो भनी टिप्पनी गरेका छन् ।

सोमबार अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई काठमाडौमा सम्बोधन गर्दै उनले ओलीले चुनाव गर्न खोजेर चुनावको मिति घोषणा नगरेको बताए ।

अध्यक्ष नेपालले भने ‘उहाँलाई चुनाव गर्नु छैन । संकटकाल लगाएर भएपनि प्रधानमन्त्री भइरहन खोजेको मात्रै हो’ । नेपालले ओलीले अधिकारको दुरुपयोग गरेको पनि बताएका छन् ।

ओलीको प्रतिगामी कदमविरुद्ध गाउँ गाउँ र बस्तीबस्तीबाट आन्दोलन गर्नुको विकल्प नभएको अध्यक्ष नेपालको भनाई रहेको छ ।

उनले सिंगो देश एकातिर र ओली अर्कोतिर भएको भन्दै यस्तो बेला ओलीलाई मुख देखाउन नै कठिन भएको बताए । ‘पार्टीमा हाम्रो स्पस्ट बहुमत छ । त्यसकारण सूर्य चिन्ह हाम्रै हो । ओलीको अस्ताउँदो सूर्य हो, उदाउदो सूर्य चिन्ह त हाम्रो हो’, अध्यक्ष नेपालको भनाई रहेको छ ।

प्रकाशित मिति: Jan 18, 2021

प्रतिक्रिया दिनुहोस्