Logo
१८ बैशाख २०८१, मंगलबार
(March 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोज अप्रेशनः दुगड ग्रुपका सञ्चालकहरू अझै फरार

काठमाडौं, २६ फागुन । कालोबजारी तथा ठगी मुद्दामा फरार केएल दुगड ग्रुपका सञ्चालकहरूलाई समात्न प्रहरी संयन्त्र असफल देखिएको छ ।

प्रहरीले सो ग्रुपका संचालक किसनलाल दुडग, नरेश दुगड, कुमुद दुगड र विकास दुगडलगायतका अभियुक्त पक्राउ गर्न सादा पोसाकमा विशेष संयन्त्र बनाई प्रहरी परिचालन गरेपनि अझै समात्न सकेको छैन ।

२६ फागुनमा अदालतले मुद्दाको पेसी तोकेपछि दुगड ग्रुपका सञ्चालकहरूलाई सोही दिन पक्राउ गरी अदालतमा बुझाउने उद्देश्यका साथ खोजी तीव्र पारिएको बताएपनि प्रहरी अझै सफल भएको छैन ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रद्युम्न कार्कीका अनुसार अदालतबाट वारेन्ट जारी भएका कारण दुगड ग्रुपका सञ्चालकहरूलाई अदालत बुझाउनका लागि प्रहरीले सबै संयन्त्रको प्रयोग गरी खोजी जारी राखिएको छ ।

‘केएल दुगड ग्रुपका सञ्चालकलाई पक्राउ वारेन्ट जारी भएको अवस्थामा प्रहरी चुप लागेर बसेको छैन, हामीले उसको गतिविधिलाई नियालिरहेका छौं । सबै कारोबार नेपालमै भएकाले उसको आउजाउ हुन सक्ने सम्भावनालाई पनि ध्यान दिइएको छ । उनीहरू कुनै न कुनै बेला पक्राउ पर्नेछन,’ प्रवक्ता कार्कीले भने ।

डेढ वर्षअघि काठमाडौं प्रहरी परिसरले केएल दुगड समूहको जडीबुटीस्थित गोदाममा बढी मूल्यमा बेच्न लुकाइराखेको चार ट्रकभन्दा बढी खाने तेल नियन्त्रणमा लिएर ९ करोडभन्दा बढी ठगी गरेको भन्दै अदालतमा मुद्दा दायर गरेको थियो । अदालतमा मुद्दा दायर भएपछि फरार चारैजना सञ्चालकविरुद्ध अदालतबाटै पक्राउ पुर्जी जारी भएको थियो ।

प्रकाशित मिति: Mar 9, 2017

प्रतिक्रिया दिनुहोस्