युवतीको खुट्टाको औला लामो भएकै कारण भयो सामाजिक सञ्जालमा भाइरल !
सामाजिक सञ्जाल अहिले मानिसको अभिन्न अंग बनेको छ । अहिले मानिसले आफ्नो दिनचर्या कार्यहरु सबै सामाजिक सञ्जालमा राख्ने गर्छन् ।
अहिले कोरोना भाइरसको कारण मानिसले आफ्नो प्रतिभा देखाउने माध्येम नै यही सामाजिक सञ्जाल भएको छ ।
अहिले सामाजिक सञ्जालमा पोष्ट गरेका कतिपय कुरा भाइरल भएको पाइन्छ । त्यस्तै ताइवानकी एक युवतीले सामाजिक सञ्जालमा पोष्ट गरेको एक खुट्टाको औला यतिबेला विश्व सामाजिक सञ्जालमा भाइरल भएको छ ।
युवती ताइवान विश्वविद्यालयकी छात्रा हुन् ।ताइवानमा बस्ने एक युवतीको खुट्टाको औला २ इन्च लामो भएकै कारण सामाजिक सञ्जालमा भाइरल भएको हो ।
उनको खुट्टाका औला देखेर जो कोही पनि हातको वा खुट्टाका औला हुन् भनेर अलमलमा पर्ने गरेका छन् ।
उनले आफ्नो औलालाई सामाजिक सञ्जालमा धेरैले मन पराएको बताउँछिन् । युवती मन्दिरमा गएर आफ्ना दुई खुट्टाका औलाले नै भगवानको प्राथना गर्ने गर्छिन् ।
मानिसहरुले युवतीको लामो औला भएकै कारण भुतिया भन्ने गरेका छन् । उनले खुट्टाको औलाले नै टिभीको रिमोटको बटन थिचेर च्यानल परिवर्तन गर्न सक्ने बताउदै आएकी छिन् ।एजेन्सी