Logo
१८ बैशाख २०८१, मंगलबार
(October 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवन मेडिकल कलेजमा उपचारका क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु

बाग्मती प्रदेश स्थित चितवन कलेजमा उपचारका क्रममा दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।कोरोनाबाट मृत्यु हुनेमा चितवन र रुपन्देहीका एक-एक जना पुरुष रहेका छन् ।

चितवनको रत्‍ननगरपालिका-९ का ८८ वर्षीय पुरुषको उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अस्पतालमा कात्तिक ११ गते भर्ना भएका थिए ।

अस्पतालको कोभिड आईसीयू कक्षमा उपचाररत उनको आज बिहान ६:५४ मृत्यु भएको अस्पतालका प्रेस संयोजकले जानकारी दिएका छन् ।

उनको स्वाब परीक्षण गर्दा १२ गते कोरोना पुष्टि भएको थियो ।त्यसैगरी रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-८ का ८४ वर्षीय पुरुष कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका थिए ।

उनको स्वास्थ्यमा जटिल समस्या भएपछि कोभिड आईसीयू कक्षमा राखेर उपचार हुँदै आएको थियो ।ज्वरो, उच्च रक्तचाप र श्‍वासप्रश्‍वासको समस्या भएका उनको गएराति ११,४७ बजे मृत्यु भएको अस्पतालका प्रेस संयोजकले जानकारी दिए ।

प्रकाशित मिति: Oct 30, 2020

प्रतिक्रिया दिनुहोस्