Logo
१८ बैशाख २०८१, मंगलबार
(February 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्व पत्रकार रवीन्द्र मिश्रको पार्टीमा को-कोले ज्यान दिने ? (नामावलीसहित)

काठमाडौं, १७ फागुन । बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । यो राजिनमासंगै आजदेखि उनी पुर्व पत्रकार पनि भएका छन । उनकै भनाईमा अव उनी राजनीतिकर्मी हुने भएपछि मिश्र अब पुर्व पत्रकार भएका हुन ।   राजनीतिमा आउनकै लागि राजीनामा दिएका मिश्रले एक प्रेस विज्ञप्ती जारी गरेर कल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्रलाई आत्मसात गर्ने नयाँ पार्टी निर्माण गर्ने बताएका छन् ।

कुनै दलमा आबद्ध नभएका, अन्य दलमा आबद्ध भएपनि ती दलबाट देशको हित हुनै सक्दैन भन्ने निष्कर्षमा पुगेका र अन्य विभिन्न सामाजिक संघ–संगठनमा आबद्ध भएर समाजको सकारात्मक रूपान्तरणका लागि काम गरिरहेका व्यक्तिलाई निर्माण हुने मञ्चमा सहभागी हुने उनले आग्रह गरेका छन् ।

मिश्रले विभिन्न राजनैतिक पार्टीका युवा नेता, पूर्व प्रशासक र नागरिक समाजका केही मानिसहरुलाई समेटेर नयाँ दल निर्माण गर्न प्रयत्न गरेका छन् । मिश्रको पार्टीमा पूर्वसचिव किशोर थापा, पत्रकार अजयभद्र खनाल, चिकित्सक सरोज धिताल, अधिवक्ताहरू ओमप्रकाश अर्याल र निरूपमा यादवले साथ दिने निश्चित भइसकेको छ ।

स्रोतका अनुसार मिश्रले कांग्रेसबाट गगन थापा, एमालेबाट रवीन्द्र अधिकारी, घनश्याम भुषालजस्ता नेतालाई समावेश गर्ने अन्तिम समयसम्म पहल गर्नेछन् । समावेश हुने सूचीमा नागरिक समाजका लोकप्रिय छवि भएका व्यक्ति र केही पूर्व प्रशासकसमेत समावेश हुनसक्ने अनुमान गरिएको छ । मिश्रले समावेश गर्ने चाहेका एक पूर्व प्रशासक लिलामणी पौडेल चीनको राजदूत भइसकेका छन् ।

त्यस्तै, उनले चर्चित अर्थशास्त्री सूर्यराज आचार्य, डा.सरोज धिताल, पूर्वमाओवादी नेता मुमाराम खनाल, अभिनेता राजेश हमाल, डा. गोबिन्द केसी, क्यानकी पूर्व सिइओ भावना घिमिरे जस्तालाई समेट्ने सम्भावना छ । नयाँ शक्तिका नेता एवं अर्थसचिव रामेश्वर खनाल पनि रवीन्द्र मिश्रको पार्टीमा आउने सम्भावना रहेको बताइन्छ ।

बीबीसीबाट राजीनामा दिएको घोषणा गर्दै मिश्रले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– हामी छिटैकल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्रलाई आत्मसात गर्ने नयाँ पार्टीमातल्लो निकायदेखि तपाईंको सहभागितासहितको संगठन निर्माण र सम्बन्धित अन्य विषयबारे थप जानकारी उपलब्ध गराउनेछौं।

कुनै दलमा आबद्ध नभएका, अन्य दलमा आबद्ध भए पनि ती दलबाट यो देशको हित हुनै सक्दैन भन्ने निष्कर्षमा पुगेका र अन्य विभिन्न सामाजिक संघ-संगठनमा आबद्ध भएर समाजको सकारात्मक रूपान्तरणका लागि काम गरिरहेका सबै नेपालीहरूलाई हामी शान्त, सौम्य, देशभक्तिपूर्ण र विकासमूखी राजनीतिक उभारका लागि हामीले निर्माण गर्न लागेको मञ्च उपयोग गर्न आग्रह गर्दछौं।’

उनले नयाँ पार्टीको उद्देश्य सबै क्षेत्रका इमान्दार र क्षमतावान नेपाली मिलेर स्वच्छ राजनीतिको बलमा देशलाई रूपान्तरण गर्ने साझा मञ्च निर्माण गर्नु हुने प्रष्ट पार्दै भनेका छन्, ‘देशको ठूलो जनसमुदाय त्यसरी एक ढिक्का हुँदा अस्तित्वमा आउने तर कहिल्यै देशको समृद्धिमुखी नेतृत्व गर्नै नसक्ने अर्को एउटा राजनीतिक पार्टी होइन, देशलाई आमूल परिवर्तनकारी दिशामा डोर्या्उन सक्ने नेतृत्व निर्माण हुनसक्छ भन्ने हाम्रो ठम्याई हो।

उनले नयाँ पार्टीका लागि आफूलगायत लामो समयदेखि वैचारिक र रणनीतिक मन्थनमा सक्रिय रहेको र सबै तयारी पूरा भएपछि बीबीसीबाट राजीनामा दिएको विज्ञप्तिमामार्फत जनाएका छन् । साथै उनले बीबीसीसँगको लामो आबद्धता, आफ्नो लेखन तथा परोपकारी अभियानका क्रममा देशभित्र र बाहिर आमनेपालीबाट पाएको विश्वास, स्नेह र सहयोगलाई सधैं सम्झिरहने उल्लेख गरेका छन् ।

उनले नेपालजस्तै प्रतिकूल अवस्थामा रहेका देशले पनि १० देखि २० वर्षको बीचमा राजनीतिक स्थिरता प्राप्त गर्न र विकासलाई तीव्र गति दिन सकेका भन्दै नेपालमा पनि परिवर्तन सम्वभ रहेको बताउँदै भनेका छन्, ‘ हामीले शुरु गर्न लागेको यो यात्रा केवल १०–१२ जना सांसदलाई संसद्‌मा पठाएर “राजनीति” गर्नका लागि होइन – यो देशको नेतृत्व गरेर नेपाली राजनीतिको चरित्र र सिंगो देश नै रूपान्तरण गर्नका लागि हो। तसर्थ हामीलाई विफल हुने या ठीकै मात्र गर्ने सुविधा छैन।

प्रकाशित मिति: Feb 28, 2017

प्रतिक्रिया दिनुहोस्