Logo
१८ बैशाख २०८१, मंगलबार
(October 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुढीगण्डकी आयोजनामा अर्बौँ भ्रष्टाचार गरेको भन्ने बाबुरामको आरोपमा कुनै सत्यता छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले बुढीगण्डकी जलविद्युत आयोजनामा अर्बौँ भ्रष्टाचार गरेको भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लगाएको आरोपमा कुनै सत्यता नभएको बताएका छन् ।

उनले पूर्वप्रधानमन्त्री भट्टराईको नाम नलिइकन निर्णय नै नभएको, काम नै सुरु नभएको आयोजनामा अर्बौँको भ्रष्टाचार गरेको भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको दाबी गरे ।

गोरखामा हालै आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले बूढीगण्डकी आयोजनामा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब बाँडेर कमिसन खाएको आरोप लगाएका थिए।

उक्त प्रमाण आफूसँग भएको पनि भट्टराईले बताएपछि नेकपा र कांग्रेसले विज्ञप्ति निकालेर प्रमाण पेश गर्न चुनौती दिइरहेका छन्। तर भट्टराईले उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न माग गरेका छन्।

यो आरोपको प्रधानमन्त्री ओलीले पहिलो पटक गलत सूचनाको प्रचार भएको बताए । उनले देश र जनतालाई गलत सूचना दिएर भड्काएर गलत बाटोमा लाग्ने हर्कत आफूहरुले कहिल्यै नगर्ने स्पष्ट पारे

प्रकाशित मिति: Oct 16, 2020

प्रतिक्रिया दिनुहोस्