Logo
२५ बैशाख २०८१, मंगलबार
(October 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईएमइ मोटर्सबाट सवारी खरिद गर्न सनराइज बैंकले बिना धितो कर्जा दने

आईएमइ मोटर्सद्वारा वितरित सवारी साधन खरिद गर्नका लागि सनराइज बैंकले बिना धितो कर्जा दिने भएको छ ।

ग्राहकले सवारी साधन खरिदका लागि बिना धितो खरिद मूल्यको ६० प्रतिशत सम्मको कर्जा सुविधा पाउने बैंकले जनाएको छ ।

सनराइज बैंक र आईएमइ समूहद्वारा संचालित नेपालका लागि अशोक लेल्याण्ड ब्राण्डका विभिन्न सवारी साधनको आधिकारीक बिक्रेता आईएमइ मोटर्सबीच सम्झौता भएसँगै बैंकले कर्जा दिने भएको हो ।

कर्जाको मासिक किस्ता इएमआइको आधारमा अधिकतम ७ वर्षको अवधिमा भुक्तानी गर्न सकिनेछ ।

कर्जा ३ दिन भित्र उपलब्ध गराउने व्यवस्था गरेको बैंकले जनाएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आईएमइ मोटर्सका तर्फबाट कार्यकारी निर्देशक सन्दिप अग्रवालले हस्ताक्षर गरे ।

प्रकाशित मिति: Oct 6, 2020

प्रतिक्रिया दिनुहोस्