Logo
२५ बैशाख २०८१, मंगलबार
(September 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रेड युनियनको निर्वाचन स्थगित गर्न मुख्यमन्त्री राउतको माग

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निजामति कर्मचारीको अधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न माग गरेका छन्।

प्रदेश २ कोरोना महामारीको वर्तमान अवस्थामा सबैभन्दा बढी प्रभावित रहेकोले २४ गते हुन लागेको अधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न मुख्यमन्त्री राउतले माग गरेका हुन्।

मुख्यमन्त्री राउतले संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई पत्र लेखेर कोरोनाको कारण प्रदेश २ को वर्तमान अवस्था, थ्रेसहोल्डको विवाद र सर्वोच्च अदालतमा समेत मुद्दा विचराधीन रहेको अवस्थालाई ध्यानमा राखी हाललाई निर्वाचन स्थगन गर्न अनुरोध गरेका छन्।

प्रकाशित मिति: Sep 21, 2020

प्रतिक्रिया दिनुहोस्