Logo
५ जेष्ठ २०८१, शनिबार
(August 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता अजयको साथमा सुपरहिरो फेन्चाइजी बन्ने तयारीमा यशराज

बलिउड दुनियाँ हेर्दा जतिनै बाहिरबाट राम्रो देखिन्छ त्यतिनै भित्र रहस्य रहेको छ । यहाँ धरै आन्तरकि कलह अथवा पानीबाराबारको पनि अवस्था हुने गर्छ बलिउड कलाकारबिच सधै हुने गर्छ ।

अजय देवगन र आदित्य चोपडाले वर्षौ पहिलेको दुस्मनी भुलेर एक साथ काम गर्ने गरेको खबर आएको छ ।

यशराज बैनर छिट्टै ५० वर्ष पुरा हुने खुशीमा केही प्रोजेक्टको घोषणा गर्ने तयारीमा छन् । यशराजले चाडैनै ५० वर्ष पुगेको उत्सव मनाउदै छन् ।

यस विशेष अवसरमा उनले अजय देवगन, सलमान खान, शाहरुख खान, रितिक रोशन र जोन अब्राहम जस्ता ठुला कलाकारहरुको साथमा फिल्महरु घोषणा गर्ने बुझिएको छ ।

जसमा अजय फिल्ममा पनि हुनेछन् जसलाई राहुल रवैलका छोरा शिव रैवलले निर्देशन गर्नेछन् जुन फिल्मको उनको पहिलो हो ।

एक सुचना अनुसार आदित्य चोपडाले अजय देवगनको आगामी सुपर हिरो फिल्मलाई फ्रान्चाइजीमा बदल्ने सोचमा छन् ।

शिव रवैलले निर्देशन गर्ने यो फिल्म एक सुपर हिरो ड्रामा हुनेछ । अजयले आफ्नो फिल्मी करिअरमा कहिल्यै पनि सुपरहिरोको रोलमा खेलेका छैनन् ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: Aug 23, 2020

प्रतिक्रिया दिनुहोस्