Logo
१७ बैशाख २०८१, सोमबार
(August 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पदाधिकारी नियुक्त नहुँदा पोखरा विश्वविद्यालय भद्रगोल !

विगत १० महिनादेखि पूर्णकालिन उपकुलपति नहुँदा पोखरा विश्व विद्यालय भद्रगोल बन्न पुगेको छ ।

सरकारले समयमै उपकुलपति नियुक्त नगर्ने र कायमुकामको भरमा विद्यविद्यालय चल्दा थप भद्रगोल बन्न पुगेको हो ।

चीरञ्जीवी शर्माले ०७६ असोज ६ गते उपकुलपतिबाट अवकास पाएका थिए । त्यसपछि विश्वविद्यालय कायमुकायमको भरमा चल्दै आएको छ ।

शर्माले अवकास पाएको ३ महीनापछि तत्कालिन डिन बुद्धिराज जोशीलाई कायम मुकायको जिम्मेवारी दिइएको थियो ।

उनको पदावधी ६ गते सकिएपछि पुस, माघ, फागुन विश्वविद्यालय पुन उपकुलपति बिहीन बन्न पुग्यो ।

फागुन १९ मा अर्का डिन इद्रप्रसाद तिवारीलाई कायममुकायमको जिम्मेवारी दिइएको थियो ।

उनको पदावधी चैत्र १९ मा सकिएपछि अहिले विश्वविद्यालय नेतृत्व बिहीन बन्न पुगेको छ ।

लामोसमयसम्म कायममुकायमको भरमा चल्दा पोखरा विश्व विद्यालयमा कुनै खालका नीतिगत निर्णय हुन सकेका छैनन् ।

अहिले उपकुलपतिसँगै विश्वविद्यालयमा ३ शंकायका प्रमुख नै खालि छ । विज्ञान तथा प्रविधि, स्वास्थ्य विज्ञान, स्कुल अफ डेभलपमेन्ट संकायप्रमुख खाली बन्न पुगेका हुन ।

४ बर्षका लागि उपकुलपतिको नियुक्ती यथाशक्य नभए विश्वविद्यालय थप संकटमा फस्दै जाने प्रध्यापकहरु बताउछन ।

उपकुलपति नियुक्ती शिक्षामन्त्री र प्रधानमन्त्रीको रस्साकस्सीका कारण हुन सकेको छैन् ।

उनीहरुका अनुसार पूर्णकालिन उपकुलपति नहुँदा रिसर्च डाइरेक्टर, इन्टरनेशनल डाइरेक्टर, करिकुलम डेभलपमेन्टका डाइरेक्ट समेत नियुक्त हुन सकेको छैन् ।

पोखरा विश्वविद्यालय प्रध्यापक संघका सभापति हेमराज पाण्डेले विश्व विद्यालयमा पूर्णकालिन उपकुलपति नहुँदा कोभिडको बेलामा अनलाइन कक्षाहरु समेत संचालन हुन नसकेको बताएका छन् ।

उनका अनुसार उपकुलपतिकै अभावमा प्रध्यापकहरुले अध्ययापन गराएको पारिश्रमीक समेत पाउन कठिन भएको छ ।

हाल पोखरा विश्वविद्यालयमा ३० हजार नियमीति रुपमा विद्यार्थीले अध्ययन गर्छन भने ‘ब्याक’ लागेका विद्यार्थीहरु १० हजार गरी ४० हजार विद्यार्थी अध्ययान गरिरहेका छन् ।

‘अस्थिर अवस्था रहिरहे विश्वविद्यालयको अस्तित्व समाप्त हुने खतरा बढेको छ,’ उनको भनाइ छ ।

उपकुलपतिसँगै डिन, रजिष्ट्रर, परिक्षा नियन्त्रक, विभागिय प्रमुख नहुँदा विश्वविद्यालय थप अस्तव्यस्त बन्न पुगेको उनको भनाइ छ । विश्वविद्यालयलाई राजनीति मुक्त बनाएर तत्कालै उपकुलपतिसहित अन्य रिक्त पदहरु पदपूर्ती गर्न जरुरी रहेको पाण्डेले बताए ।

प्रकाशित मिति: Aug 10, 2020

प्रतिक्रिया दिनुहोस्