Logo
१८ बैशाख २०८१, मंगलबार
(August 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीसँग गोेकुल बास्कोटाको ठट्टा : जेरी खाँदा सहमति भएन, तिते करेला खुवाउनु होला !

सरकारी निवासबाट बालकोट निवास पुगेका केपी ओलीसँग लामोसमयपछी भेटेका पूर्वसंचारमन्त्री गोकुल बास्कोटाले प्रचण्डसँग जारी छलफलको विषयमा चासो व्यक्त गरेका थिए।

‘उहाँले जेरी मिठो भयो अन्य कुरा त्यस्तै हो भन्ने जानकारी दिनुभयो। छलफल भोली पनि जारी रहने बताउनु भएको छ,’ बालकोटमा प्रधानमन्त्रीसँगको कुराकानीपछि बाँस्कोटाले भने।

पूर्वसंचारमन्त्री गोकुल बास्कोटाले धेरै जसो समयय ठट्टा नै गरे ।

त्यसपछि बाँस्कोटाले ‘जेरी खाँदा सहमति भएन भोली तिते करेला खुवाउनु होला निष्कर्ष निस्कन्छ की भनेर ठट्टा गरेको’ जानकारी दिए।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका बाँस्कोटा ओलीको बालकोटस्थित घरमा बस्दै आएका छन् ।

‘कहिले घर फर्किनु हुन्छ भनी सोधेको थिएँ। उहाँले साढे दुई वर्षपछि भनेर भन्नुभयो’ बाँस्कोटाले भने।

प्रधानमन्त्रीको रुपमा ओलीको कार्यकाल साढे दुई वर्ष बाँकी छ।

 

प्रधानमन्त्री ओली दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि सोमबार पहिलो पटक बालकोट पुगेका हुन्। उनको साथमा पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश शाक्य पनि निवास पुगेका थिए।

ओली बालकोट आउने जानकारी पाएपछि सांसद महेश बस्नेत पनि उनको निवास पुगेका थिए।

प्रधानमन्त्री आफ्नो निजी आवासमा आउने जानकारी पाएपछि भक्तपुरका स्थानीय प्रशासन तथा सुरक्षा अधिकारीहरु बालकोट पुगेका थिए।

‘प्रधानमन्त्रीले कोरोना संक्रमणका अवस्थामा भक्तपुरमा के कस्तो स्थिति छ भनी जिज्ञासा राख्नुभएको थियो,’ बाँस्कोटाले भने, ‘बगौचा घुम्नुभयो र छिमेकीहरुसँग पनि कुराकानी गर्नुभयो।’

 

प्रकाशित मिति: Aug 3, 2020

प्रतिक्रिया दिनुहोस्