Logo
१८ बैशाख २०८१, मंगलबार
(June 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोनबाट १४ हजारबढीको मृत्यु, संक्रमितको संख्या ४ लाख ४० हजार नाघ्यो

छिमेकी देश भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्यान १४ हजार १५ जना पुगेको छ ।

वल्र्डओमिटरको तथ्यांकअनुसार भारतमा कोरोना सङ्क्रमितको संख्या चार लाख ४० हजार नाघेको जनाएको छ ।

वल्र्डओमिटरका अनुसार विश्वमा ९१ लाख ९२ हजार ७ सय भन्दा धेरै सङ्क्रमित भएका छन् ।अहिलेसम्म कोरोना महामारीका कारण चार लाख ७४ हजार भन्दा धेरैको ज्यान गएको छ ।

सबैभन्दा धेरै प्रभावित अमेरिकामा २३ लाख ८८ हजार भन्दा धेरै सङ्क्रमित छन् । एक लाख २२ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ ।

ब्राजिलमा ११ लाख ११ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । ५१ हजार ४ सयको ज्यान गएको छ ।

रुसमा पाँच लाख ९२ हजार सङ्क्रमित छन् भने ८ हजार २ सय मानिसको ज्यान गएको छ । विश्वमा कोरोना सङ्क्रमितमध्ये ४९ लाख ३९ हजारभन्दा बढी निको भएका छन् ।

प्रकाशित मिति: Jun 23, 2020

प्रतिक्रिया दिनुहोस्