Logo
२६ बैशाख २०८१, बुधबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमालय एअरलाइन्सले गर्यो दमाम उडान स्थगित, टिकटको पैसा फिर्ता लिन आग्रह

विश्वभरि कोरोनाको सन्त्रासको कारण यतिबेला अन्तराष्ट्रिय उडान कार्य केहिसमयलाई स्थगित भइरहेको बेला हिमालय एअरलाइन्सले पनि साउदी अरेवियाको दमाम उडान स्थगित गरेको छ ।

दमाम उडान मार्च १५ देखि २५ तारिखसम्म र दमाम(काठमाण्डौ उडान मार्च १६ देखि २९ तारिखसम्म स्थगित गरिएको हिमालय एअरलाइन्सले जनाएको छ साथै, कतारको दोहाको लागि टिकट लिएका यात्रुलाई पैसा फिर्ता लिन हिमालय एअरलाइन्सले आग्रह गरेको छ ।

कोरोना भाइरसको कारण साउदी सरकारले २ हप्ताको लागि साउदी अरब प्रवेशमा रोक लगाएकाले उडान बन्द गरिएको हिमालय एअरलाइन्सले जनाएको छ ।

मार्च ९ तारिखपछिको उडानका लागि टिकट लिएका यात्रुलाई सम्बन्धित ट्राभल कम्पनीबाट टिकटको पैसा फिर्ता लिन हिमालय एअरलाइन्सले आग्रह गरेको हो ।कोरोना भाइरस को प्रकोप रोकथामको लागि कतारले मार्च ९ तारिखदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ ।

यात्रुले अतिरिक्त शुल्क नतिरी यात्राको मिति भने परिवर्तन गर्न पाउने एअरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्