तपाइँको तौल बढी छ ? तौल घटाउनको लागि अपनाउनुहोस् यि उपाय
आजकल मानिसहरू आफ्नो बढ्दो तौलका बारे धेरै चिन्तित छन् । कोही दैनिक व्यायाम गर्छन भने कोही घण्टौ जिममा दिन बिताउने गर्छन । कोही बिहानको खाजा खान छोडछन् ।
तर त्यहाँ धेरै व्यक्तिहरू यस्ता हुन्छन् जुन आफ्नो व्यस्त जीवनशैलीका कारण यी सबै चीजहरूका लागि समय दिन असमर्थ हुन्छन् । तर केही सजिलो उपायहरुले हामी आफ्नो तौल घटाउन सक्छौँ ।
पढनुहोस् उपायहरु :
१ बिहानको खाजा खाने : धेरै मानिसहरु तौल बढ्नु कारण बिहानको खाजा नखाने गर्छन । तर बिहानको खाजा नखादा शरीर कमजोर हुन सक्छ ।
अनि अर्को दिन आफूले खाने खाना भन्दा बढी मात्रामा खाना रुच्छने गर्छ त्यसकरण तौल घटनु भन्दा बढ्ने सम्भावना हुन्छ । त्यसअर्थ बिहानको खाजा खानु आवश्यक हुन्छ ।
२ बढी मात्रामा पानी पिउनुहोस् : प्राय मानिसहरु पानी सेवन गर्दैनन् । पानी नपिएर सफ्ट ड्रिन्क पिउने गर्छन । सफ्ट ड्रिन्कहरुमा धेरै क्यालोरी हुन्छ जसले तौल बढाउने काम गर्छ । त्यसअर्थ बढी मात्रामा पानी पिउनु आवश्यक हुन्छ ।
३ जंक फूडबाट टाढा रहनुहोस् : धेरै मानिसहरु काम गर्दा चिप्स वा विभिन्न प्रकारका फ्राइड चीजहरू खाने गर्दछन् । यी सबै स्वास्थ्यको लागि हानिकारक हुने साथै तौल बढाउने गर्छ ।
४ फलफूल खानुहोस् : सबैजनालाई थाहा छ ताजा फलहरू स्वस्थ रहनको लागि धेरै महत्त्वपूर्ण हुन्छन् । फल चाट भन्दा ताजा फलहरु अधिक लाभदायक हुन्छ । फलफूल सेवन गर्दा शरीरमा फाइबर प्रशस्त मात्रामा हुन्छ, जसले पाचन सुधार गर्दछ ।
५ समयमा सुत्नुहोस् : धेरै मानिसहरुको समयमा सुत्ने बानि हुँदैन , तर समयमा नसुत्दा स्वास्थ्यलाई हानि हुने गर्छ । स्वस्थ रहनका साथ राम्रो र पूर्ण निद्राले तौल घटाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ ।