Logo
२५ बैशाख २०८१, मंगलबार
(January 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मृत्युदण्डको सजयबाट माफी पाएर १४ वर्षपछि परिवारसंग भेटेका उमेश विमानस्थलमै भक्कानिए

साउदी अरेबियामा मृत्युदण्डको फैसलाबाट माफी पाउदै स्वदेश फर्किएका प्रदेश २ स्थित धनुषाका उमेश यादवले झण्डै १४ वर्षपछि आफ्ना श्रीमती र छोराहरुलाई भेटेका छन्।

स्वदेश फर्किएको एकहप्तापछि सोमबार जनकपुर विमानस्थलमा ओर्लिएका उमेशले श्रीमती र परिवार देख्दा आफूलाई सम्हाल्न सकेनन्। श्रीमती सञ्जु उस्तै भावविह्वल बनिन्।

छोराहरुको आँखामा समेत आँशु थामिएन। १३ वर्ष बढी समय पर्खाइमा बिताएकी उमेशकी श्रीमती सञ्जु आफ्ना दुई छोराहरु कमलेश र हितेशसँगै जनकपुर विमानस्थलमा उनलाई पर्खिरहेका थिए।

उनीसँगै उमेशका भतिजाहरु, जेठो साढु राजकरण यादव, सासू दुर्गीदेवी र आफन्तजन समेत उमेशको स्वागतका लागि विमानस्थल पुगेका थिए।

प्रकाशित मिति: Jan 27, 2020

प्रतिक्रिया दिनुहोस्