Logo
२४ बैशाख २०८१, सोमबार
(December 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

SAG : भारतसँग पराजित भएपछि प्रशिक्षक हरि खड्काले दिए राजीनामा

१३ औं साग अन्तर्गत महिला फुटबल फाइनलमा नेपाली टोली भारतसँग पराजित भएपछि महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।

खड्काले हारको सम्पूर्ण जिम्मेवारी लिँदै महिला टोलीको प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।

नेपाली पुरुष फुटबल इतिहासमा निराजन रायमाझीसँगै सर्वा्धिक गोलकर्ता रहेका खड्का एन्फा महिला फुटबलका प्रमुख हुन्।

उनी गतवर्ष जेठमा महिला राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षकको रुपमा नियुक्त भएका थिए।

नेपाली टोली पराजित भएपछि राजिनामा दिएका खड्काले कुनै न कुनै रुपमा नेपाली फुटबलसँग आवद्ध हुने प्रतिक्रिया जनाए।

प्रकाशित मिति: Dec 9, 2019

प्रतिक्रिया दिनुहोस्