Logo
१७ बैशाख २०८१, सोमबार
(April 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकामा निषेधाज्ञा

 सुनसरीको हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बरवडा लक्षित गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि ती स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली, भेलाजम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न र नगराउन उल्लेख छ ।

सो क्षेत्रमा गत चैत २२ गते एक समूहले एक युवालाई आक्रमण गरेको विषयमा विवाद बढ्दै गएको थियो । दुई समूहबीच बढेको विवादले उग्र रुप लिने भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

sunsari

प्रकाशित मिति: Apr 5, 2024

प्रतिक्रिया दिनुहोस्