Logo
१७ बैशाख २०८१, सोमबार
(March 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाँदाजाँदै मन्त्री अनिताले संसद्मा दर्ता गराएकी निजामती विधेयकको हेर्नुहोस् पुर्णपाठ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गराएकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजनै मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले आजनै सबै मन्त्रीलाई बर्खास्त गर्ने तयारीसमेत गरेका छन् ।

जाँदाजाँदै मन्त्री अनितादेखिले संसद्मा उक्त विधेयक दर्ता गराएकी हुन् । आज नै मन्त्री पद जाने निश्चित रहेको अवस्थामा मन्त्री अनिता देवी भने सिंहदरबारमा अझै ब्यस्त छिन् ।

सङ्घीय निजामती सेवा सञ्चालनका आधारभूत सिद्धान्तसङ्घीय निजामती सेवा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तका आधारमा सञ्चालन हुने उल्लेख छ ।

त्यसैगरी, निजामती कर्मचारीको सुरु नियुक्ति खुला र समावेशी सिद्धान्तको आधारमा प्रतियोगितात्मक परीक्षाद्वारा हुने विधेयकमा उल्लेख छ ।

साथै, सङ्घीय निजामती सेवा भ्रष्टाचारमुक्त, व्यावसायिक, जनउत्तरदायी, निष्पक्ष, पारदर्शी, परिणाममुखी, जबाफदेही, स्वच्छ, सक्षम, दक्ष र प्रविधिमैत्री हुने र सङ्घीय निजामती सेवा अविच्छिन्न, गैरराजनीतिक र स्थायी सेवाको रूपमा विकास हुने विधेयकमा उल्लेख छ ।

प्रकाशित मिति: Mar 4, 2024

प्रतिक्रिया दिनुहोस्