Logo
२२ असार २०८२, आईतबार
(March 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई दुई सय किलोको मालाले स्वागत

जनकपुरमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई दुई सय किलोको मालाले स्वागत गरिएको छ ।

एमाले नेता कार्यकर्ताहरूले जनकपुरधाम विमानस्थलमा दुई सय किलोको फूलको मालाले पौडेललाई स्वागत गरेका हुन् ।

जनकपुरधाम उपमहानगर कमिटीले तयार गरिएको उक्त माला खासमा अध्यक्ष केपी शर्मा ओलीका लागि थियो । ओली नआएपछि विष्णु पौडेललाई नै लगाइएको हो ।

आज धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनको लागि ओली आउने कार्यक्रम तय थियो । तर, ओली आउने कार्यक्रम स्थगित भयो र उनको स्थानमा उपाध्यक्ष विष्णु पौडेल आएपछि उनलाई नै सो मालाले स्वागत गरिएको हो ।

एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवका अनुसार अध्यक्ष ओली आउने कार्यक्रम विशेष परिस्थिति अनुसार स्थगित भएको हो ।

प्रकाशित मिति: Mar 3, 2024

प्रतिक्रिया दिनुहोस्