Logo
२४ बैशाख २०८१, सोमबार
(February 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डीएसपीको नेतृत्वमा प्रहरी परिचालन : दुर्गा प्रसाईँको कार्यक्रम स्थलमा

दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले मंगलबार कार्यक्रमको आयोजना गरेको छ ।

महाअभियानको ‘वार्षिक उत्सव’ कार्यक्रम भृकुटीमण्डपमा आयोजना गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ ।

प्रसाईँ समूहले काठमाडौँको कीर्तिपुर, स्वयम्भू, वनस्थली, चाबहिल, भक्तपुर र ललितपुरको भुलुबाट जुलुस निकाल्दै छन् । भृकुटीमण्डप स्थित कार्यक्रम स्थलको सुरक्षामा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अपरेशन कमाण्डर (डीएसपी) पवन भट्टराईको नेतृत्वमा कार्यक्रम स्थलमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले  बताए ।

काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले ‘कमाण्ड पोष्ट’बाट सुरक्षा अवस्था मनिटर गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ ।

सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिएर प्रसाईँको कार्यक्रमका लागी २ हजार २ सय भन्दा धेरै प्रहरी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए ।

प्रसाईँको कार्यक्रममा करिब ५ हजार मानिस सहभागी हुने सुरक्षा निकायको आकलन छ ।

प्रकाशित मिति: Feb 13, 2024

प्रतिक्रिया दिनुहोस्