Logo
१७ बैशाख २०८१, सोमबार
(February 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आरोपमाथि ध्यान दिनुभन्दा पनि त्यसको समाधानको उपाय खोजौं : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस महामन्त्री गगनकुमार थापालाई मिडिया मटरियलभन्दापनि ल मेकर बन्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सभापति लामिछानेले यसअघि थापाले विभिन्न काण्डको विषय उठाएर आफूलक्षित टिप्पणी गरेपछि यस्तो सुझाव दिएका हुन् ।

उनले गगनले उठाएका सबै प्रकरणमा छानबिन गर्न कसले र केले रोकेको भन्दै प्रश्न पनि गरे । उनले सरकारी जग्गा किर्ते गर्नेहरुपनि कांग्रेसमा रहेको भन्दै उनीहरुलाई कारबाही गरेर देखाउन गगनलाई चूनौति दिए ।

कांग्रेसबाट सरकारमा सहभागी बहालववाला मन्त्री र पूर्वमन्त्रीलाई अधिकारसम्म आयोग (अख्तियार) ले बयानमा बोलाउँदापनि नगएको भन्दै उनीहरुलाई आयोगसमक्ष बयानको लागि जान साधन नभएको भए आफूहरुले व्यवस्था गरिदिने पनि उनले व्यंग्य कसे ।

लामिछानेले सहकारी ठगको आरोप लागिरहँदा आफू सहकारी र लघुवित्त समास्या समाधानको नितिगत उपाय र योजनाको प्रतिवेदन तयार गर्न ब्यस्त भएको बताएका छन् ।

आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूमाथि लागेको आरोपमाथि ध्यान दिनुभन्दा पनि त्यसको समाधानको उपायमा आफू लागिपरेको बताएका हुन् ।

‘चर्चा, परिचर्चा, आरोप, प्रत्यारोपमा सबै व्यस्त रहँदा सहकारी र लघुवित्त समास्या समाधानको नितिगत उपाय र योजनाको प्रतिवेदनमा व्यस्त रह्यौं ।

आफूलाई लागेको आरोपमा ध्यान दिनुभन्दा त्यसको समाधानको उपायमा हामी लाग्यौं,’-उनले भने । सरकार आफूहरुको सहयोग चाहन्छ भने सहकारी प्रकरणमा आफूहरु सहयोग गर्न तयार रहेको उनले बताए ।

आवाज, आरोप–प्रत्यारोप, फुस्रा भाषण र नारामात्रै नभएर आफूहरुले योजनासहितको प्रतिवेदन तयार गरेको उनले बताए ।

आज सदनमा प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने योजनासहित आएको भएपनि प्रचण्ड उपस्थित नभएको भन्दै उनले असन्तुष्टि जनाए ।

प्रकाशित मिति: Feb 7, 2024

प्रतिक्रिया दिनुहोस्