Logo
१७ बैशाख २०८१, सोमबार
(February 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माहनगर प्रहरीले विभिन्न माग राखेर धर्नामा बसेकालाई शान्तिवाटिकाबाट हटायो

संघीय राजधानी स्थित रत्नपार्कको शान्तिवाटिकामा विभिन्न माग राखेर धर्नामा बसेकाहरूलाई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले हटाएको छ ।

मंगलबार बिहान नगर प्रहरीले प्रदर्शन नगर्न र शान्तिवाटिका छोडेर जान भन्दै उनीहरुलाई जबरजस्ती हटाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षाको कारण देखाउँदै गत मंसिरदेखि माइतीघर मण्डलदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शनकारी शान्तिवाटिका सरेका थिए ।

एक प्रदर्शनकारीका अनुसार नगर प्रहरीले शान्तिवाटिका पुगेर प्रदर्शनकारीलाई लछारपछार गर्दै उनीहरुको सामाग्री समेत फालिदिएको छ ।
अहिले शान्तिवाटिका छिर्ने गेटमा ताला लगाइएको छ ।

यसअघि पनि पालिका प्रहरीले प्रदर्शनकारीलाई शान्तिवाटिका छोड्न दबाब दिएको थियो ।

प्रकाशित मिति: Feb 6, 2024

प्रतिक्रिया दिनुहोस्