Logo
१८ बैशाख २०८१, मंगलबार
(February 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आरती साहकी आमा र भाईलाई सिंहदरबार गेटमा लछारपछार गर्दै प्रहरीद्वारा पक्राउ

न्याय माग्दै सिंहदरबारमा सरकारको ध्यानाकर्षण गराउन गएका मृतक आरती साहकी आमा निर्मला साह र भाइ प्रेम साहलाई प्रहरीले लछारपछार गरेका छन् ।

सोमवार सिंहदरबार प्रवेश गर्दै गर्दा प्रहरीले साहकी आमा र भाइलाई लछारपछार गर्दै पक्राउ गरेको हुन् । ससुरालीमा छोरी आरतीको हत्या भएको र प्रहरीकै सहयोगमा दोषीहरू उम्काउने काम भएको भन्दै साहकी आमा र भाइ सोमबार दिउँसो सिंहदरबार गेटमा पुगेका थिए ।

त्यहाँ तैनाथ रहेका प्रहरीले उनीहरूलाई सिंहदरबार प्रवेशमा रोक लगाएको थियो भने पछि लछारपछार गर्दै उनीहरूलाई प्रहरीले भ्यानमा राखेर गरिएको थियो ।

मधेश प्रदेश स्थित जनकपुरकी आरती साहको मृत्यु प्रकरणमा प्रहरीको कमजोरीका कारण आफूहरुले न्याय नपाएको भन्दै आरतीका आमाबुवासहित उनका परिवार २३५ दिनदेखि धर्नामा बसिरहेका छन् ।

यसअघि माइतीघरमा धर्ना बसिरहेका उनीहरुलाई सरकारले निषेधाज्ञा घोषणा गरेर हटाएयता उनीहरुले शान्तिवाटिकामा बसेर धर्ना दिइरहेका छन् ।

जनकपुर उपमहानगरपालिका ९, थापा चोककी २३ वर्षीया आरतीको जेठ ७ गते आफ्नै घरमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो । माइती पक्षले उनको मृत्यु नभई हत्या भएको दाबी गर्दै आएको छ ।

प्रहरीले भने घटनालाई आत्महत्याका रूपमा मुद्दा दर्ता गरेर टुंग्याउन चाहेको थियो ।

आरतीको पोस्टमार्टम गर्ने कार्यमा संलग्न चिकित्स डा. अवधेशकान्त झा, डा. दिग्विजय ठाकुर र डा. दिपेन्द्रकुमार सिंहले लापर्वाही गरेको र तत्कालीन प्रहरी अधिकारीहरुले समेत कमजोरी गरेका कारण आफूहरूले न्याय नपाएको भन्दै उनीहरू निरन्तर धर्नामा छन् ।

प्रकाशित मिति: Feb 5, 2024

प्रतिक्रिया दिनुहोस्