Logo
१७ बैशाख २०८१, सोमबार
(February 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१२ करोड रुपैयाँ खर्च गरेर महानगरपालिकामा स्मार्ट स्ट्रिट लाइट ¨सडक बत्ती” जडान

काठमाडौं महानगरपालिकाले १२ करोड रुपैयाँ खर्च गरेर मुख्य सडकहरुलाई झलमल्ल बनाउने गरी स्मार्ट स्ट्रिट लाइट सडक बत्ती जडान कार्य थालेको छ ।

साँझ परेपछि हिँड्नै मुस्किल हुने भन्दै आलोचना भइरहेको बेला महानगरपालिकाले दुई हजार बढी स्मार्ट स्ट्रिट लाइट जडान थालेको हो ।

काठमाडौंका सडकलाई स्मार्ट स्ट्रिट लाइटमार्फत् झलमल्ल बनाउने काममा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागले सहकार्य गरेका छन् ।

स्मार्ट स्ट्रिट लाइट जडान गर्ने काममा ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । त्यसको ६० प्रतिशत रकम काठमाडौं महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने गरी सम्झौता गरिएको छ ।

स्मार्ट स्ट्रिट लाइटबाट सडक झलमल्ल पार्ने यो अभियानमा ५० प्रतिशत काम सम्पन्न भइसकेको महानगरपालिकाले जनाएको छ ।

जोडिसकियो १ हजार ३७ वटा स्मार्ट स्ट्रिट लाइट

महानगरपालिकाका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेलका अनुसार १ हजार ३७ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरिसकिएको छ ।

महाराजगञ्ज–लैनचौर–जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल हुँदै माइतीघर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर–थापाथली–माइतीघर मण्डलासम्म ७६ वटा र चावहिल–बौद्ध सडक खण्डमा ९९ वटा वत्ती जडान गरिसकिएको उनले बताए । महानगरले फराकिलो सडकमा १२० वाट र साँघुरा सडकमा ९० वाटका बत्ती जडान गरेको छ ।

पौडेलका अनुसार यी सडकखण्डमा प्रारम्भिक अध्ययनमा क्रमशः ३४०, ३७४, १९०, ७६ र ९२ गरी जम्मा १ हजार ७२ वटा बत्ती जडान गर्नुपर्ने देखिएको थियो । तर स्थलगत आवश्यकताका आधारमा केही संख्या कम भएको पौडेलले बताए ।

प्रकाशित मिति: Feb 5, 2024

प्रतिक्रिया दिनुहोस्