Logo
१८ बैशाख २०८१, मंगलबार
(February 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्तारुढ दलहरुले हार्ने सोचका साथ स्काउटको अधिवेशन रोकिदै छ : ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले सत्तारुढ दलहरुले हार्ने सोचका साथ स्काउटको अधिवेशन रोक्न लागेको आरोप लगाएका छन् ।

उनले रेडक्रस, गैरआवासीय नेपाली संघ लगायतमा सत्ता गठबन्धनले हस्तक्षेप गरेको आरोप लगाएका हुन् । उनले भनेका छन् ‘यो सरकार कानुनी मूल्य मान्यता अनुसार चल्ने सरकार होइन, गैरकानुनी, बेतिथीसँग चल्ने सरकार हो ।’

शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति मासेको बताएका हुन् ।

ओलीले शुक्रबार बिहान आफू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरवार पुगेर भेटेका बताए । त्यसक्रममा प्रधानमन्त्रीलाइ आफूले स्काउटको अधिवेशन नरोक्न भनेको उनले सुनाए ।

नेपाली कांग्रेस र सत्तारुढ दलले हार्ने सोचका साथ स्काउटको अधिवेशन रोक्न प्रधानमन्त्रीले निर्देशन दिएको र त्यसो नगर्न आफूले भनेको अध्यक्ष ओलीले बताए ।

अधिवेशनको तयारी भइसकेको अवस्थामा स्काउटको अधिवेशन रोक्न नहुने एमाले अध्यक्ष ओलीको भनाइ छ ।

एक अर्को प्रसङ्गमा उनले वर्तमान संघीय सरकारलाई भ्रष्ट सरकारको संज्ञा दिएका छन् ।

 

 

प्रकाशित मिति: Feb 2, 2024

प्रतिक्रिया दिनुहोस्