Logo
१७ बैशाख २०८१, सोमबार
(January 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पराजित नेताहरुलाई नै ल्याउन मोर्चाबन्दी भएपछि राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न गएनन् बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय सभा निर्वाचन सहभागी नहुने भएका छन्। मेयर बालेनको कार्यव्यस्तताका कारण उनी निर्वाचनमा सामेल नभएको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

‘उहाँ कार्यव्यस्तताको कारण मतदान गर्न जानुभएको छैन,’ उनले भने। तर महानगरकी उपप्रमुख सुनिता डंगोल भने मतदान गर्न हेटौंडा गएकी छन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा मतदान भइरहेको छ। यसअघि पनि मेयर बालेनले प्रदेश सभामा भोट हालेका थिएनन्।

उनले प्रतिनिधि सभा र समानुपातिकमा मात्र भोट खसालेका थिए। समाचार स्रोताका अनुसार राष्ट्रियसभा जस्तो सम्मानित माथिल्लो सदनमा दलहरुले जनताबाट पराजित नेताहरुलाई नै ल्याउन मोर्चाबन्दी गरेपछि उनले मतदान गर्न नगएका हुन् ।

प्रकाशित मिति: Jan 25, 2024

प्रतिक्रिया दिनुहोस्