Logo
२२ बैशाख २०८१, शनिबार
(December 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली र हिन्दी भाषामा एक साथ बन्दै रोमान्टिक ड्रामा ‘पिजे ३’

फिल्म ‘संरक्षण’ मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक पुर्णेन्दु झाले ‘चौका दाउ’ पछि तेस्रो फिल्मको तयारीमा जुटेका छन् । पाँचवर्षको विश्राम पश्चात उनले नयाँ फिल्म रोमान्टिक ड्रामाको तयारीमा जुटेका हुन् ।

वर्किङ टाइटल ‘पिजे ३’ (PJ3) राखिएको फिल्म घोषणा गर्दै उनले प्रेम कथालाई राधा र रुक्मिणीको माध्यमले व्यक्त गर्ने बताए । ‘यो युवापुस्ताको प्रेम कथा हो ।

यसमा राधा र रुक्मिणी दुवैको व्यक्तित्वसँग पात्र प्रभावित हुनेछन् । यसलाई एक वाक्यमा प्रेम, समर्पण र इर्ष्या भन्न सकिन्छ’, निर्देशक झाले भने । उनले आउँदो वर्ष सन् २०२४ मै फिल्मको छायांकन गरेर सोही वर्ष हलमा प्रदर्शन गर्ने तयारी गरिएको जानकारी दिए ।

कजेल अफ फिल्म स्टडीजको पहिलो ब्याचको रुपमा परिचित निर्देशक झाले सर्ट फिल्म ‘अपवाद’ मार्फत निर्देशकीय यात्राको सुरुआत गर्दा नै सम्भावना बोकेको निर्देशकको रुपमा चित्रण गरिएको थियो । त्यसैले उनले तेस्रो फिल्ममार्फत परिपक्कता देखाउनु पर्ने बुझेका छन् ।

‘फिल्ममार्फत उठान गर्न लागेको विषयसँग धेरैले रिलेट गर्नु हुन्छ भन्ने लागेको छ । यसलाई हतार नगरी आफ्नो तरिकाले निर्माण गर्ने तयारीमा छु । यसको स्क्रिप्टमै दुई वर्ष भन्दा बढी समय खर्चिएको छु’, निर्देशक झाले भने ।

हाल उनले टाइटल समेत घोषणा नगरेर थिम पोस्टर मात्र सार्वजनिक गरेका छन् । उक्त पोस्टरमा प्रयोग गरिएका शब्द र कलरले आफ्नो कथाको आभाष दिने उनको भनाई छ ।

नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण हुने फिल्म नेपालको कम्पनि पुर्णेन्दु प्रोडक्सन्स र भारतीय एक कम्पनिसँगको सहकार्यमा निर्माण हुने जानकारी निर्देशक झाले दिए ।

उनले भने, ‘अघिल्ला दुई फिल्म निर्देशनको सिकाईमार्फत प्राप्त गरेको अनुभवलाई नयाँ चलचित्रमा प्रयोग गर्दैछु । किनकि यसपटक आम दर्शकलाई मन पर्ने फिल्मी कथा तयार भएको छ ।’

प्रकाशित मिति: Dec 25, 2023

प्रतिक्रिया दिनुहोस्