Logo
२० बैशाख २०८१, बिहीबार
(December 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिपेश कँडेलले लिए अफगानिस्तानको चौथो विकेट

एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको चौथो विकेट लिएको छ । अफगानिस्तानको चौथो विकेट दिपेश कँडेलले लिएका हुन् ।

उनले अफगानिस्तानका रहिमुल्लाह जुरमातीलाई ३५ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काए । उनले रहिमुल्लाहलाई सुवाष भण्डारीद्वारा क्याच गराँएका हुन् ।

पाँचौँ नम्बरका ब्याट्सम्यान रहिमुल्लाहले ६५ बलमा दुई चौका पनि हिर्काएका थिए । २८औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा अफगानिस्तानले एक सय १४ रन बनाएको छ ।

प्रकाशित मिति: Dec 10, 2023

प्रतिक्रिया दिनुहोस्